आइतबार १४२ नयाँ संक्रमित थपिए, २३० जना संक्रमणमुक्त

काठमाडौं, १९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १४२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ११६ र १ हजार ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा २३० जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५२८ रहेको छ । जसमध्ये २ हजार ३८५ जना होम आइसोलेसनमा छन् भने १४३ जना संस्थागत आइसोलेसन र ३८ जना आईसीयूमा छन् ।
यस्तै ४ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


