ज्ञानेन्द्रको कप्तानीमा १४ सदस्यीय क्रिकेट टोली घोषणा

काठमाडौं, १९ भदौ । बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदका लागि क्रिकेट टोलीको घोषणा गरेको छ ।
बागमतीले आइतबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।
त्यस्तै, उपकप्तानको जिम्मेवारी विकेटकिपर सुवास खकुरेललाई दिइएको छ । नवौं राष्ट्रिय खेलकुद २८ असोजदेखि ३ कात्तिकसम्म गण्डकी प्रदेशमा आयोजना हुने भए पनि पुरुष क्रिकेट प्रतियोगिता भने २३ भदौबाट काठमाडौंमा सुरु हुँदैछ ।
नवौं राष्ट्रिय खेलकुद र नेपाल टी–२० लिग एकै समयमा हुने भएकाले पुरुष क्रिकेट गर्न लागिएको हो ।
बागमतीको टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), सुवास खकुरेल (विकेटकिपर तथा उपकप्तान), रित गौतम, इशान पाण्डे, शुभ कंसाकार, विपिन आचार्य, नन्दन यादव, प्रतिश जिसी, रामनरेश गिरी, सुवास खत्री, सूर्य तामाङ, तिलकराज भण्डारी, दीपेश श्रेष्ठ र सुमन सुनुवार ।
वैकल्पिक खेलाडी : रिजन ढकाल, तक्षक सिम्खडा, गौरव खड्का (विकेटकिपर) र कृजन गुरुङ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


