काठमाडौं, १९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पद त्याग गरेको घोषणा गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष लिङ्देनले सांसद पद त्याग गरेको घोषणा गरेका हुन् ।

उनले चुनावपछि पनि प्रतिनिधिसभाको म्याद लम्ब्याउन लागेको भन्दै असन्तुष्टि जनाएका छन् । चुनाव घोषणा भएसँगै प्रतिनिधिसभाको कार्यकालय सकिने उनको भनाइ छ ।

उनले अब तलब, भक्ता र सुविधाका लागि संसद् लम्ब्याइराख्नु उचित नभएको बताए ।