धनुषामा नेपाली काँग्रेसको क्षेत्रीय बैठकमा देउवा र पौडेल समूहबीच कुटाकुट

जनकपुरधाम, १९ भदौ । धनुषामा नेपाली काँग्रेसको क्षेत्रीय बैठकमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहबीच कुटाकुट भएको छ ।
जिल्लाको क्षेत्र नम्बर–२ को औरही गाउँपालिकामा उम्मेदवार सिफारिसका लागि बसेको काँग्रेसको क्षेत्रीय बैठकमा कुटाकुट भएको हो ।
उम्मेदवार सिफारिस विषयमा पूर्व सांसदद्वय रामकृष्ण यादव र मुक्ता यादवका समर्थकबीच कुटाकुट भएको बताइएको छ ।
मुक्ता यादव सभापति शेरबहादुर देउवा गुटमा छन् भने रामकृष्ण यादव बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर छन् ।
रामकृष्ण पक्षले मुक्ताको नाम प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्न नचाहेका कारण बैठकमा चर्काचर्की भएपछि कुटाकुट भएको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


