काठमाडौं, १८ भदौ । अर्काे सातादेखि सुरु हुने महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन बंगलादेशी टोली नेपाल आइपुगेको छ ।

बंगलादेशी टोली शनिबार नेपाल आइपुगेका हो । बंगलादेशको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए ।

महिला साफ च्याम्पियनसिप त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २१ भदौदेखि ३ असोजसम्म हुनेछ ।

प्रतियोगिताको समूह ’ए’ मा बंगलादेशसँगै साबिक विजेता भारत, पाकिस्तान र माल्दिभ्स छन् । बंगलादेशले २२ भदौमा माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।