एजेन्सी, १८ भदौ । अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले टेनिसलाई अलबिदा भनेकी छिन् । उनले युएस ओपनमा शुक्रबार आफ्नो अन्तिम खेल खेल्दै टेनिसबाट सन्न्यास लिएकी हुन् ।

अमेरिकाको न्युयोर्कमा भएको यो खेलमा सेरेना अष्ट्रेलियाकी आयला टोमियानोभिचसँग पराजित भएकी थिइन् । तर, उनले यो खेल आफ्ना लागि निकै स्मरणीय रहेको बताएकी छिन् । उनले यो खेलमा तेस्रो राउण्डमा पराजय भोगेकी थिइन् ।

खेल सकिएपछि उनी भावुक देखिएकी थिइन् । ४१ वर्षकी सेरेनाले २७ वर्ष लामो आफ्नो करिअरलाई शनिबार टुंग्याएको घोषणा गरेकी हुन् ।

आँखाबाट आँसु झादै उनले बिदा मागेकी हुन् ।

सेरेनाले आफ्नो पहिलो खेल सन् १९९५ मा खेलेकी थिइन् । २७ वर्ष लामो करिअरमा उनले २३ सिंगल्स ग्य्रान्डस्ल्याम जितेकी छिन् र सबैभन्दा लामो समय उनी नम्बर वान खेलाडी बनेर रहेकी छिन् ।