शनिबार २०० नयाँ संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं, १८ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा २०० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५३७ जनाकोे नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३३९ जना संक्रमणमुक्त भएका छन् ।
कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १२ हजार ७ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ६४२ रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


