चितवन, १८ भदौ । चितवनको कालिका नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले सबैभन्दा धेरै स्वास्थ्य सेवामा कर्मचारी मागेको छ ।

स्वास्थ्य तर्फ मेडिकल अधिकृत, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, रेडियोग्राफर, ल्याब असिस्टेन्ट १–१ जना माग गरेको छ । भने अनमी २ जनाका लागि आवेदन खुल्ला गरेको छ ।

पशु चिकित्सातर्फ १ जना पशु चिकित्सक, एक कृषि अधिकृत र तहबिहीन एक पोषण स्वयं सेवक महिलाका लागि पनि नगरपालिकाले आवदेन खुलाएको छ ।

योग्य र इच्छुक उम्मेदवारलाई १५ दिनभित्र आवेदन दिन भनिएको छ ।