अमेरिका–मेक्सिको सीमामा ८ आप्रवासीको डुबेर मृत्यु

एजेन्सी, १८ भदौ । मेक्सिको र अमेरिकाको टेक्सास राज्यको सीमा नदी रियो ग्रान्डेबाट ८ आप्रवासीको शव फेला परेको छ ।
अमेरिकाको भन्सार तथा सीमा सुरक्षा विभागको विज्ञप्तिअनुसार टेक्सासको ईगल पास नजिकै नदीबाट अन्य ३७ जनाको उद्धार गरिएको छ ।
युएस बोर्डर पेट्रोल एजेन्टहरूले ६ वटा शवहरू फेला पारेका थिए भने अरू दुईवटा शव मेक्सिकन टोलीहरूले फेला पारेको विज्ञप्तिमा जनाइएको छ ।
यस क्षेत्रमा दिनभर परेको भारी वर्षाका कारण सो नदीको जलप्रवाहमा तीव्रता आएकाले उद्धारमा कठिनाइ थपिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


