बार्सिलोनाका फरवार्ड औवामियाङ चेल्सीमा अनुबन्ध

एजेन्सी, १७ भदौ । प्रिमियर लिग क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड पिएरे एमरिक औवामियाङलाई अनुबन्ध गरेको छ ।
चेल्सीले गावोनका फरवार्डलाई दुई वर्षको लागि १० मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गर्न सफल भएको हो ।
३३ वर्षीय औवामियाङ एक सिजन पछि नै प्रिमियर लिगमा फर्किएका हुन् । उनी गत सिजन फ्रि ट्रान्सफरमा सन् २०२५ सम्मका लागि बार्सिलोना भित्रिएका थिए । तर, यो समरमा बार्सिलोनाले रोबर्ट लेवान्डोस्की र राफिन्हा भित्र्याएपछि उनी आफ्नो सम्झौता बाँकी छँदै क्लब छाडेर चेल्सी पुगेका हुन् ।
औवामियाङले बार्सिलोनाका लागि गत सिजन २३ खेलमा १३ गोल गरेका थिए । उनले देशका लागि ७० खेलमा ३० गोल गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


