एजेन्सी, १७ भदौ । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा परीमा २४ घण्टामा १९ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ । यसका कारण यहाँका कैयौँ स्थानमा पहिरो आएको छ ।

पहिरोका कारण सडकमा क्षति पुगेको छ । यसबाट रेलका लिगहरू पनि बिग्रिएका छन् । यसबाट हुन गएको रेलको दुर्घटनामा परी गएको २४ घण्टा यतामात्र कम्तीमा पनि १९ जनाको मृत्यु भएको हो ।

यहाँको विपद् व्यवस्थापन प्राधिकरणले सो कुराको जानकारी दिएको छ । उक्त प्राधिकरणले यहाँको रेल सेवा पनि मौसमी वर्षाका कारण प्रभावित हुन पुगेको बताएको छ ।

बिहीबार राति सो प्राधिकरणले सार्वजनिक गरेको एक रिपोर्टमा गएको २४ घण्टामा १९ जनाको ज्यान गएको र त्यस दुर्घटनामा नौ बालबालिका र अरू सात महिला पनि परेका जानकारी गराइएको छ ।

भारी वर्षा र बाढीले पाकिस्तानमा ठूलो जनधनको क्षति हुन पुगेको छ ।