एजेन्सी, १६ भदौ । दिल्लीको संगम विहार क्षेत्रमा एक किशोरीलाई गोली हानेर हत्या गरेको घटना सार्वजनिक भएको छ ।

प्रहरीले यस घटनाका मुख्य अभियुक्त अमानत अलीलाई बिहिबार पक्राउ गरेको छ । डीसीपी बेनिता मारी जेकरले अगस्ट २५ मा अभियुक्त अमानत अलीले १६ वर्षीया किशोरीलाई सडकमा गोली हानेको जानकारी दिइन् ।

गोली किशोरीको काँधमा लागेको थियो र उनलाई अस्पतालमा भर्ना गरिएको थियो । यस घटनामा तीनजना केटा संलग्न थिए, जसमध्ये दुईजना गत हप्ता पक्राउ परेका थिए ।

डीसीपीले भनिन्, ‘आरोपीले ती किशोरी विगत दुई वर्षदेखि सामाजिक सञ्जालमा आफूसँग सम्पर्कमा रहेको बताएको थियो तर विगत चार–पाँच महिनादेखि किशोरीले आरोपितसँग कुरा गर्न छाडेकी थिइन् ।’