आर्थिक संकटबाट गुिज्ररहेको श्रीलंकालाई आईएमएफले आर्थिक सहयोग गर्ने

एजेन्सी, १६ भदौ । आर्थिक संकटबाट गुिज्ररहेको श्रीलंकालाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आर्थिक सहयोग गर्ने भएको छ ।
आईएमएफले श्रीलंका सरकारलाई करिब ३ अर्ब अमेरिकी डलर ऋण दिने भएको हो । हालैमात्र श्रीलंका र आईएमएफबीच २ अर्ब ९० करोड अमेरिकी डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर भएको छ । यद्यपि, आईएमएफको व्यवस्थापन र कार्यकारी बोर्डबाट अनुमोदन भएपछि मात्र श्रीलंकाले उक्त सहयोग पाउनेछ ।
आईएमएफले ४८ महिना वित्तीय योजनामा श्रीलंकाको सरकारी आम्दानीमा वृद्धि गर्ने, इन्धन र बिजुलीको नयाँ मूल्य निर्धारण, सामाजिक खर्च बढाउने, केन्द्रीय बैंकको स्वायत्ततालाई बलियो बनाउने र घटेको विदेशी मुद्रा सञ्चितिको पुनरुत्थान गर्न सरकारी राजस्व बढाउने लक्ष्य राखेको छ ।
पछिल्लो समय आर्थिक संकटमा रहेको श्रीलंकाले करिब ३० अर्ब डलर ऋण पुनर्संरचना गर्नुपर्ने बाध्यतात्मक अवस्थामा रहेको छ । यसका लागि जापानले चीन, भारतलगायत मुख्य ऋणदाताहरुसँग वार्ताका लागि नेतृत्व गर्ने प्रस्ताव गरेको छ ।
श्रीलंकाले महिनौंदेखि चर्को मूल्य वृद्धिसहित इन्धन र अन्य आधारभूत वस्तुहरुको तीव्र अभावको सामना गरिरहेको छ । श्रीलंकाका मूल्यवृद्धि वार्षिक विन्दुगत आधारमा ६५ प्रतिशत नाघिसकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


