एजेन्सी, १६ भदौ । अमेरिकी स्टार सेरेना विलियम्स युएस ओपन टेनिस प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेकी छन् ।

विलियम्स बुधबार राति सम्पन्न दोस्रो चरण अन्तर्गतको खेलमा इस्टोनियाकी एनिट कोन्टाभियटलाई २–१ को सेटले हराउँदै तेस्रो चरणमा प्रवेश गरेकी हुन् ।

आर्थर एस स्टेडियममा विलियम्सले खेल ७–६ (७–४), २–६ र ६–२ ले आफ्नो पक्षमा पारिन् । उनले तेस्रो चरणमा अस्ट्रेलियाकी अजला टोमल्जानोभिचको सामना गर्ने छिन् । टोमल्जानोभिच रसियन खेलाडी इभजेनिया रोडिनालाई १–६, ६–२ र ७–५ ले पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेकी हुन् ।

दोस्रो चरण अन्तर्गतै अन्य खेलमा कोको गौफ, क्यारोलिन गार्सिया, म्याडिसन किज् र ओन्स जाबेउरले पनि जित हात पारेका छन् ।जापानी स्टार नाओमी ओसाका भने अमेरिकी खेलाडी डेनियल कोलिन्ससँग ६–७(५–७) र ३–६ को सोझो सेटमा पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएकी छन् ।