सन्दीपआबद्ध सिपिएलमा जमैकाको विजयी शुरुवात

एजेन्सी, १६ भदौ । नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा विजयी शुरुवात गरेको छ ।
जमैकाले आज बिहान सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सलाई ४७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । तर, सन्दीपले भने पहिलो खेल खेलेनन् ।
१८४ रनको लक्ष्य पछ्याएको प्याट्रियट्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । उसका लागि शेरफन रदरफोर्डले सर्वाधिक ३३ रनको योगदान दिए ।
आन्द्रे फ्लेचरले ३१, तथा डेवाल्ड ब्रेभिसले १४, कप्तान ड्रोवेन ब्राभोले १३ र जोन रुस जगेसरले अविजत १० रन जोडे । जमैकाका लागि निकोल्सन गोरडनले तीन, इमाद वासिम र मिगाल पिट्रोरियसले दुई÷दुई तथा मोहम्मद अमिरले एक विकेट लिए ।
त्यसअघि वार्नर पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको जमैकाले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८३ रन बनाएको थियो ।उसका लागि ब्रेन्डन किंग्सले ५७ बलमा ८ चौका र ६ छक्कासहित ८९ रनको उत्कृष्ट पारी खेले । केनार लुइसले ४८ तथा कप्तान रोभम्यान पावेलले अविजित ३० रन बनाए ।
प्याट्रियट्सका लागि जाडेन क्रामइकल र ड्वेन ब्राभोले एक/एक विकेट लिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


