एजेन्सी, १६ भदौ । फ्रेन्च लिग वानअन्तर्गत बुधबार रातिको खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ । ऊ घरेलु टोली टुलुजविरुद्ध ३–० ले विजयी भएको हो ।

स्टेडियम डी टुलुजमा पिएसजीलाई जित दिलाउन नेयमार, केलियन एम्बाप्पे र जुआन बर्नाटले एक÷एक गोल गरे । खेलको ३०औं मिनेटमा नेयमारको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो ।

५०औं मिनेटमा एम्बाप्पेले टोलीको अग्रता दोबार बनाए । ९०औं मिनेटमा बर्नाटले गोल गरेपछि पिएसजीले ३–० को सहज जित निकाल्यो । यो जितसँगै ५ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा रहँदा पराजित टुलुज समाज खेलबाट ५ अंकका साथ १३ औं स्थानमा छ ।