एजेन्सी, १६ भदौ । बलिउड अभिनेता कार्तिक आर्यनले पछिल्लो समय एक अन्तर्वार्तामा आफ्नो र सारा अलि खानको प्रेम सम्बन्ध र अफेयरबारे खुलेर कुरा गरेका छन् ।

केही समयअघि देखि नै यी दुईको सम्बन्धबारे अनेक हल्लाहरु चलेका थिए । त्यसो त यी दुईको ब्रेकअप भएको पनि अब लामो समय भइसकेको छ ।

अहिले आएर कार्तिकले आफू अहिले सिंगल भएको खुलासा गरेका हुन् । उनले आफू एक वर्षदेखि सिंगल रहेको खुलासा गरेका हुन् ।

उनले आफू सिंगल भएको कुरा मात्र नभएर सारा अलि खानसँग सामाजिक सन्जालमा पनि विच्छेद भएको कुरा सत्य भएको बताएका छन् ।

साराले केही वर्ष पहिले कफी विद करण कार्यक्रममा आफ्नो क्रस कार्तिक भएको बताएकी थिइन् ।