चलचित्र ‘प्रेमगीत–३’ को हिन्दी ट्रेलर सार्वजनिक

एजेन्सी, १६ भदौ । चलचित्र ‘प्रेमगीत–३’ को हिन्दी ट्रेलर सार्वजनिक भएको छ । आगामी ७ असोजबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्मको बिहीबार हिन्दी संस्करणको ट्रेलर सार्वजनिक गरिएको हो ।
पहिलोपटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो । फिल्म निर्देशनमा सन्तोष सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन् । फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन् ।
प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


