‘प्रकाश’ हेरेर आफू पहिलोपटक रोएको रवीन्द्र मिश्रको प्रतिक्रिया

काठमाडौं, १५ भदौ । रविन्द्र मिश्रले चलचित्र ‘प्रकाश’ हेरेपछि फिल्म हेरेर पहिलोपटक रोएको बताएका छन् । परिवारसहित चलचित्र हेर्न पुगेका मिश्रले आफू पहिलोपटक प्रकाश हेरेर रोएको बताएका हुन् ।
’म र मेरी श्रीमतीले प्रकाश हेर्यौं । म धेरै सिनेमा हेर्ने मान्छे त होइन तर आजसम्म मैले अनेक स्वदेशी र विदेशी सिनेमा हेर्दा आँशु नै झारेर रोएको थिइन। प्रकाशले हलमा रूवाई दियो !’ उनले भनेका छन् ।
काठमाडौंमा जन्मिएको भए पनि आधा स्कुले जीवन सुदूरपश्चिममा टुकी बालेर पढेको स्मरण गरेका छन् । सिनेमाका दृष्यले आफ्नो भावनासँग जोडिएको उनको भनाइ छ । उनले छोराछोरीलाई एक पटक आफैँसँग लिएर गएर ‘प्रकाश’ देखाउन सबै बाबुआमालाई आग्रह पनि गरेका छन् ।
’शहरमा हुर्केका–बढेका, कर्णाली (र सुदूरपश्चिम) कहिल्यै नदेखेका, र मौका पाउँदा सहरतिरबाटै विदेश उड्ने, छोराछोरीलाई एक पटक आफैँसँग लिएर गएर ‘प्रकाश’ देखाउन सबै बाबुआमालाई आग्रह गर्दछु’ उनले भनेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


