एजेन्सी, १५ भदौ । इराकका प्रधानमन्त्री मुस्तफा अल–काधिमीले देशको जटिल राजनीतिक अवस्था जारी रह्यो भने पदबाट राजीनामा दिने बताएका छन् ।

प्रदर्शनकारीहरूले सरकारी मुख्यालयमा प्रवेश गरेपछि अल–काधिमीले अर्को सूचना नभएसम्मका लागि मन्त्रिपरिषद्को बैठक स्थगित गरेका हुन् ।

यसअघि राजधानी बगदादमा एक प्रमुख नेताले राजनीति छोड्ने निर्णय गरेपछि भड्किएको हिंसामा कम्तीमा २३ जनाको मृत्यु भएको थियो ।

शिया मुस्लिम धर्म गुरु मोक्तादाले राजनीति छाड्ने घोषणा गरेका थिए । अल–सद्रका समर्थकहरूले सुरक्षा बलमाथि गोली र रकेट फायर गरेका थिए ।