एजेन्सी, १५ भदौ । न्युजिल्याण्डका अलराउण्डर कोलिन डी ग्राण्डहोमले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा छन् । कोलिनले बुधबार न्युजिल्याण्ड क्रिकेट बोर्डसँग छलफल गरेर सन्यास घोषणा गरेको जानकारी दिएका हुन् हुन् ।

३६ वर्षिय कोलिनले न्युजिल्याण्डका लागि २९ टेस्ट, ४५ एकदिवसीय र ४१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । सन् २०१७ मा पाकिस्तानविरुद्धको खेलमार्फत टेस्ट क्रिकेटमा डेब्यु गरेका कोलिनले यही वर्ष इंग्ल्याण्डविरुद्ध अन्तिम टेस्ट खेलेका थिए । टेस्टमा उनले २ शतक र ८ अर्धशतकसहित १,४३२ रन बनाउनुका साथै ४९ विकेट लिएका छन् ।

उनले सन् २०१२ मा दक्षिण अफ्रिकाविरुद्ध पहिलो तथा यही वर्ष नेदरल्याण्ड्सविरुद्ध अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।कोलिनले यो शैलीमा ४ अर्धशतकसहित ७४२ रन बनाउनुका साथै ३० विकेट हात पारेका छन् ।

सन् २०१२ मा जिम्बाब्वेविरुद्धको खेलमार्फत टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका कोलिनले गत वर्ष बंगलादेशविरुद्ध अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए । उनले यो शैलीमा ३ अर्धशतकसहित ५०५ रन बनाउँदा १२ विकेट लिएका छन् ।