बुधबार २७१ नयाँ संक्रमित थपिए, १७५ जना संक्रमणमुक्त

काठमाडौ., १५ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा २७१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका अनुसार २ हजार ४८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ र १ हजार ४३५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ भने १७५ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १९४ रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


