काठमाडौं, १५ भदौ । कक्षा १२ को परीक्षाफल अब केहीदिन सार्वजनिक नहुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको परीक्षाफलमा हुने नाम, थर, ठेगाना, जन्ममितिलगायत त्रुटि सच्याउने काम भइरहेको जनाएको छ ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद आर्यालले केही दिनमै नतिजा सार्वजनिक गरिने पनि बताए । नतिजा सार्वजनिक गर्ने तयारीका लागि मंगलबार बोर्ड बैठकसमेत बोलाइएको थियो ।

गत जेठ १६ देखि २४ गतेसम्म देशभर कक्षा १२ को परीक्षा भएको थियो । सोको नतिजा प्रकाशनको अन्तिम तयारीमा बोर्ड जुटेको छ ।