एजेन्सी, १४ भदौ । स्पेनिस क्लब भ्यालेन्सियाले उरुग्वेका स्ट्राइकर एडिन्सन काभानी अनुबन्ध गरेको छ ।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्वस्ट्राइकर काभानीलाई भ्यालेन्सियाले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

भ्यालेन्सियाले काभानीलाई २ वर्षको सम्झौतामा अनुबन्ध गरेको जनाएको छ । ३५ वर्षीय स्ट्राइकर २०२० मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट ओल्ड ट्राफोर्ड भित्रिएका थिए ।

गत सिजनको अन्त्यसँगै उनको सम्झौता सकिएको थियो । युनाइटेडमा दुई सिजन बिताउँदा उनले ४१ प्रिमियर लिग खेलमा १२ गोल गरेका थिए ।