मंगलबार २५७ नयाँ संक्रमित थपिए, २३२ जना संक्रमणमुक्त

काठमाडौं, १४ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा २५७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४५८ जनाको पीसीआर परीक्षण गर्दा १४३ र २ हजार ४६३ जनाको एन्टिजेन परीक्षण गर्दा १४४ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार ६८८ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १४६ रहेको छ । जसमध्ये २ हजार ९९१ जना होम आइसोलेसनमा छन् भने १५५ जना संस्थागत आइसोलेसन र ४० जना आईसीयूमा छन् ।
यस्तै ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


