एजेन्सी, १४ भदौ । पाकिस्तानमा डुंगा पल्टिदा महिला र बालबालिकासहित ७ जनाको मृत्यु भएको छ ।

दक्षिणी सिन्ध प्रान्तमा भएको उक्त दुर्घटनामा अन्य १३ जना बेपत्ता भएका छन् ।

उक्त डुंगा सिन्धु नदी हुँदै प्रान्तको सेहवान सरिफ क्षेत्रमा पल्टिएको थियो । डुंगामा करिब दुई दर्जन यात्रु सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । उद्धारकर्ताले सात जनाको शव फेला पारेका थिए । नदीमा बेपत्ता भएकाको खोजी भइरहेछ ।

यसैबीच, पाकिस्तानमा पछिल्लो समयमा आएको बाढीले लाखौँ मानिस विस्थापित भएका छन् । बाढीपछि सरकारले आपत्काल घोषणा गरेको छ ।