काठमाडौं, १३ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा २२६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ र २ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा २२३ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार ४३० पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २३५ रहेको छ । जसमध्ये ३ हजार ८६ जना होम आइसोलेसनमा छन् भने १४९ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा छन् ।

यस्तै ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।