काठमाडौं, १३ भदौ । काठमाडौं विद्याकुञ्ज सेकेन्ड्री स्कुलको आयोजनामा चौथो केभिकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ३६ टोलीको सहभागिता रहने केभिकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

प्रतियोगितामा सिनियर ब्वाइजतर्फ २४ तथा सिनियर गर्ल्सतर्फ १२ टोलीले लिग कम नकआउट पद्दतिमा प्रतिस्पर्धा गर्नेछन् । ब्वाइज टोलीलाई ८ तथा गर्ल्सलाई ४ समूहमा विभाजन गरिने छ ।

ब्वाइजतर्फ प्रत्येक समूहको शीर्ष दुई टोली प्रिक्वार्टरफाइनलमा प्रवेश गर्नेछन् भने गर्ल्सको समूह विजेता र उपविजेताले क्वार्टरफाइनलमा स्थान बनाउने छन् । भदौ २२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजकको आफ्नै कोर्टमा हुनेछन् ।