धनुषामा जसपाबाट उम्मेदवारको नाम सिफारिस, कुन क्षेत्रबाट को–को छन् आकांक्षी?

जनकपुरधाम, १३ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरु तयारीमा जुटेका छन् ।
यसैबिच आसन्न निर्वाचनको तयारीस्वरुप जनता समाजवादी पार्टी नेपालले धनुषाका चारवटै निर्वाचन क्षेत्रका लागि आफ्नो दलबाट सम्भावित उम्मेदवारहरुको नामावली संकलन गरेको छ ।
जसअनुसार प्रतिनिधिसभातर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ का लागि दीपक कार्कीको एकल नाम सिफारिस गरिएको छ भने निर्वाचन क्षेत्र नम्बर–२ का लागि बलराम महतो, सुर्य चन्द्र यादव, गजाधर रोहिता, देब कृष्ण मण्डल र राम शंकर पासवानको नाम छनोट गरिएको छ ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ तर्फ प्रतिनिधिसभाका लागि लाल किशोर साह, जितेन्द्र कुमार यादव, विजय कुमार भगत र सर्वजित ठाकुरलगायत चार जनाको नाम सिफारिस गरिएको छ भने क्षेत्र नम्बर–४ का लागि महाजन यादव र बलराम महतोको नाम प्रस्ताव गरिएको छ ।
त्यस्तै, प्रदेशसभातर्फ क्षेत्र नम्बर–१ को ‘क’ बाट सुकेश्वर यादव र ब्रम्हदेव महतोको नाम सिफारिस गरिएको छ भने १ को ‘ख’ बाट सुरेन्द्रकुमार मण्डल, बेचन महतो, चन्देश्वर महतो र रामनरेश महतोलाई छनोट गरिएको छ ।
त्यस्तै क्षेत्र नम्बर २ को ‘क’ तर्फ शैलेन्द्र प्रसाद यादव, अरुण सिंह मण्डल र पशुपति यादवलाई उम्मेदवारको रुपमा अगाडि सारिएको छ भने ‘ख’ तर्फ राम अशिष यादव, राम अशिष रोहिता, बरुण यादव र देवेन्द्र यादवलगायत चार जनाको नाम सिफारिस गरिएको छ ।
प्रदेशसभातर्फ क्षेत्र नम्बर–३ को ‘क’ का लागि अशोक कुमार यादव, प्रेमचन्द्र झा, जितेन्द्र कुमार यादवको नाम सिफारिस गरिएको छ भने ३ ‘ख’ का लागि बिष्णुदेव साह, अम्बु प्रसाद साह र नवीन यादवको नाम सिफारिस गरिएको छ ।
प्रदेशसभातर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर–४ को ‘क’ बाट शेष नारायण यादव, बजरंग कुमार यादव, हरि नारायण यादव, बृज कुमार यादव र ज्ञानेन्द्रकुमार यादवलगायत पाँच जनाको नाम सिफारिस गरिएको छ भने ४ को ‘ख’ तर्फ दिनेश कुमार यादव र राम नरेश महतोको नाम सिफारिस गरिएको छ ।
त्यस्तै समानुपातिक प्रतिनिधिसभातर्फ बिन्देश्वर यादव, मो. साबिर राइन, प्रमिला दाससहित ६ जना र प्रदेश समानुपातिकतर्फ उर्मिला साह, घनश्याम यादव, चमेलि देवी दास र सुनिता महरा सहित १४ जनाको नाम सिफारिस गरिएको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


