एजेन्सी, १२ भदौ । इटालियन सिरी ‘ए’ अन्तर्गत शनिबार रातिको खेलमा एसी मिलानले जित हात पारेको छ । उसले घरेलु मैदान सान सिरोमा बोलोग्नाविरुद्ध २–० को जित हात पारेको हो ।

२१ औं मिनेटमा राफेल लियोले मिलानलाई अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै घरेलु टोलीलाई २–० को जित दिलाए ।

यो जितसँगै तीन खेलमा सात अंक जोडेर मिलान शीर्ष स्थानमा उक्लिँदा पराजित बोलोग्ना समान खेलबाट एक अंकका साथ १७ औं स्थानमा छ ।