पैगम्बर मुहम्मदबारे विवादास्पद टिप्पणी गरेको आरोपमा भाजपाका एक सांसद पक्राउ

एजेन्सी, १२ भदौ । भारतको दक्षिणी सहर हैदरावादमा प्रहरीले पैगम्बर मुहम्मदको बारेमा विवादास्पद टिप्पणी गरेको आरोपमा देशको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का एक स्थानीय सांसदलाई पक्राउ गरेको छ ।
ठाकुर राजा सिंहको टिप्पणीले ठूलो आक्रोश बढ्नुका साथै मुस्लिम समुदायबाट विरोध प्रदर्शन भएका छन् । दक्षिणी राज्य तेलंगानाको विधानसभामा दुई पटक विधायक बनेका सिंह प्रायः मुस्लिमविरोधी भाषणका कारण सञ्चार माध्यमको शीर्षक बनेका छन् । घृणा भाषण गरेको अभियोगमा दुई वर्षअघि फेसबुकले उनलाई प्रतिबन्ध लगाएको थियो ।
सिंहको विचार आफ्नै भएको र पार्टीको आधिकारिक धारणा विपरीत भएको जनाइएको छ । प्रहरीको प्राविधिक गल्तीका कारण अदालतले धरौटीमा रिहा गर्नुअघि सिंहलाई मंगलबारबार बिहान पक्राउ गरि केही समयपछि छोडिएको थियो ।
प्रहरीले प्रदर्शनकारीलाई शान्त हुन अपिल गर्दै उनीहरूलाई पुनः पक्राउ गर्न लागेको बतायो । तर, प्रदर्शन जारी रह्यो । बुधबार अबेर राति ठूलो संख्यामा मुस्लिमहरू सहरका विभिन्न भागमा भेला भएर नाराबाजी गर्दै ढुङ्गा हानेर सिंहको पुत्ला जलाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


