विद्यालय कर्मचारीको आन्दोलनप्रति संयूक्त शिक्षक संस्था धनुषाको समर्थन

जनकपुरधाम, १२ भदौ । आजदेखि सुरु गरिएको विद्यालय कर्मचारीहरुको आन्दोलमा संयूक्त शिक्षक संस्था धनुषाले समर्थन जनाएको छ ।
धनुषा जिल्लाको पेशागत शिक्षक संस्थाहरुको अध्यक्ष र सचिवहरुको संयूक्त बैठकबाट यस्तो निर्णय गरिएको हो ।
नेपाल विद्यालय कर्मचारी परिषद्ले भदौ १ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनको सम्पूर्ण कार्यक्रम तथा आजदेखि १८ गतेसम्मका लागि तय गरिएको कार्यक्रमलाई पूर्ण समर्थन गर्दै आन्दोलनलाई सफल पार्न सम्पूर्ण स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, प्रधानाध्यापक, शिक्षकशिक्षिकालगायतका सरोकारबालाहरुलाई सहयोगका लागि अनुरोध गर्नुका साथै विद्यालय कर्मचारीहरुको मागलाई अविलम्ब पूरा गर्न संयूक्त शिक्षक संस्था धनुषाले आग्रह गरेको एकीकृत अखिल शिक्षक संगठनका अध्यक्ष धर्मेन्द्र यादवले बताए ।
नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष राम सिनेही यादव, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष योगेन्द्र महतो, एकीकृत अखिल शिक्षक संगठनका अध्यक्ष धर्मेन्द्र यादव, संघिय शिक्षक फोरम नेपालका अध्यक्ष नन्द किशोर तिवारी, राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष श्याम साह र नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विश्वनाथ यादवलगायतकाले विद्यालय कर्मचारीहरुको आन्दोलमा पूर्ण समर्थन जनाएका हुन् ।
श्रम ऐनले तोकेअनुसार न्यूनतम पारिश्रमिक पनि सरकारले उपलब्ध नगराएको भन्दै देशभरका सामुदायिक विद्यालयका ४० हजार कार्यालय सहयोगी र लेखापालहरु आन्दोलित छन् । उनीहरुले आजदेखि भदौ १८ गतेसम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


