आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द गरी कर्मचारीहरु आन्दोलित

–बरुणा कर्ण
जनकपुरधाम, १२ भदौ । आजदेखि देशभरका ७५३ वटै स्थानिय तहका सामुदायिक विद्यालय एक हप्तासम्म बन्द गरि विद्यालय कर्मचारीहरु आन्दोलमा उत्रेका छन् ।
श्रम ऐनले तोकेअनुसार न्यूनतम पारिश्रमिक पनि सरकारले उपलब्ध नगराएको भन्दै देशभरका सामुदायिक विद्यालयका ४० हजार कार्यालय सहयोगी र लेखापालहरु साउन २० गतेदेखि नै आन्दोलित छन् ।
उनीहरुले आजदेखि भदौ १८ गतेसम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द गरेको नेपाल विद्यालय कर्मचारी परिषद्ले जनाएको छ ।

गत आर्थिक वर्षको बजेट वक्तव्यमा विद्यालय कर्मचारीको तलब मासिक कम्तिमा १५ हजार पुर्याउने उल्लेख रहेको र त्यसका लागि केन्द्र सरकारले मासिक ८ हजार उपलब्ध गराउने तथा बाँकी रकम सम्बन्धित स्थानीय तहले व्यहोर्ने बजेटमा उल्लेख छ ।
यता, अधिकांश स्थानीय तहहरुले भने बजेट अभाव रहेको भन्दै आफ्नो भागमा पर्ने रकम उपलब्ध गराएका छैनन् । सरकारले तोके अनुसारको पारिश्रमिक नपाएको भन्दै देशभरका झण्डै २९ हजार सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरु आन्दोलित भएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


