यूटिएमबीको १०० किलोमिटर विधामा नेपाली सुनमाया दोस्रो

एजेन्सी, ११ भदौ । विश्वकै प्रतिष्ठित अल्ट्रा दौड मोन्ट ब्लांक (यूटिएमबी) को १०० किलोमिटर विधामा नेपालकी सुनमाया बुढा दोस्रो भएकी छन् ।
द नर्थ फेस एडभेन्चर क्लबका लागि खेलेकी सुनमायाले गएराति आयोजित प्रतियोगितामा मोन्ट ब्लांक क्षेत्रको कोर्ष रेकर्ड तोड्दै ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी हुन् ।
उनी फ्रान्सकै ब्लेन्डिन हिरोन्डेलसँग पछि परिन् । गतवर्ष यूटिएमबी थाइल्याण्डमा पहिलो भएपछि सुनमाया विश्व च्याम्पियनसिपको मान्यता पाएको यो प्रतियोगितामा छनोट भएकी हुन् ।
२०१७ मा पनि मोन्ट ब्लांक ८० किमि दौडडमा सहभागिता जनाएकी सुनमाया त्यतिबेला सातौं भएकी थिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


