इमेज अवार्डको २२ औं संस्करण ३ असोजमा हुने

काठमाडौं, ११ भदौ । इमेज अवार्डको २२ औं संस्करण आगामी ३ असोजमा आयोजना हुने भएको छ ।
इमेज च्यानलले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसको जानकारी गराएको हो ।
गीत, संगीत, रचना, म्युजिक भिडियो र पब्लिक च्वाइस अवार्ड गरी १५ विधाका उत्कृष्ट पाँच मनोनयनसमेत सार्वजनिक गरिएको छ । यस वर्षदेखि नयाँ विधाका रुपमा नेपहप र्याप प्रस्तुति पनि प्रतिष्पर्धामा समावेश गरिएको आयोजकले जनाएको छ ।
कोभिडका कारण विगत दुई वर्ष अवार्ड कार्यक्रम गर्न सम्भव नभएपछि सो अवधिलाई समेत समावेश गरेर विसं २०७६ साल १ असारदेखि विसं २०७९ साल जेठ मसान्तभित्र सार्वजनिक भएका नेपाली गीत, संगीत, रचना र म्युजिक भिडियोलाई मनोनयनमा समावेश गरिएको जनाएको छ ।
यसपटक भने पब्लिक च्वाइस अवार्डको एक विधाका लागि अनलाइन भोटिङ डब्लुडब्लुडब्लु डट इमेजखबर डट कममार्फत खुला गरिएको छ । यस विधामा सर्वाधिक भोट पाउने गीत र त्यसका श्रष्टालाई विजेता घोषणा गरी अवार्ड प्रदान गरिने आयोजकको भनाइ छ ।
इमेज लाइफटाइम अचिभमेन्ट अवार्डबाट यस वर्ष वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मानित गर्न लागेको इमेज च्यानल प्रमुख कार्यकारी कार्यकारी डा. महेन्द्र बिष्टले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


