एजेन्सी, ११ भदौ । आर्थिक संकटका कारण श्रीलंकाका बालबालिका भोकमरीको चपेटामा परेको राष्ट्रसंघले चेतावनी दिएको छ ।

दक्षिण एसियाका अन्य देशहरुले पनि यस्तै नियति भोग्नुपर्ने राष्ट्रसंघले चेतावनी दिएको हो ।

विदेशी सञ्चित मुद्राको अभावमा देशले अत्यावश्यक वस्तुको आपूर्ति हुन सकेको छैन् । जसका कारण खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक सामग्रीको अभाव छ ।

नियमित खाना छाड्ने परिवारहरूले संकटलाई तीव्र रूपमा महसुस गरिरहेका संयुक्त राष्ट्रसंघीय बाल निकाय युनिसेफका दक्षिण एसिया निर्देशक जर्ज लारिया–एडजेईले जानकारी दिए ।

श्रीलंकाले अप्रिलमा आफ्नो ५१ अर्ब डलरको विदेशी ऋण चुक्ता गरेको र हाल अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्तामा रहेको पनि बताइएको छ ।