एजेन्सी, ११ भदौ । पाकिस्तानमा आएको ऐतिहासिक वर्षा र बाढीबाट ३ करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।जुनदेखि मनसुनी वर्षा र बाढीमा ९ सय भन्दा बढी मानिसको मृत्यु भएको छ ।

पाकिस्तानका जलवायु मन्त्रीले सरकार जलवायु–प्रेरित मानवीय प्रकोपसँग लडिरहेको बताइन् । आर्थिक सङ्कटमा परेको पाकिस्तानले थप अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गरेको छ ।

जलवायु मन्त्री शेरी रेहमानले देश आठौँ मनसुन वृत्तबाट गुज्रिएको बताए । जबकि सामान्यतया देशमा वर्षाको तीनदेखि चार वृत्त हुने गर्छ । गर्मीको मौसम सुरु भएदेखि, धेरै मनसुन चक्रहरूले पाकिस्तानलाई असर गरेको छ । वर्षा र बाढीपछि सरकारले सङ्कटकाल घोषणा गरेको छ ।