काठमाडौं, ११ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १७३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६४३ जनाको पीसीआर परीक्षण गर्दा ६५ र २ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा १०८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमित संख्या ३ हजार १२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।