एजेन्सी, १० भदौ । साउदी अरेबियाले आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा १ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।

साउदी अरबको विदेश मन्त्रालयले ट्विटरमार्फत यो घोषणा गरेको हो । साउदीका राजा सलमानको निर्देशनअनुसार उक्त लगानीको घोषणा गरिएको साउदी विदेश मन्त्रालयले जनाएको छ ।

पाकिस्तानको खस्कँदो आर्थिक अवस्थामा सुधार ल्याउन उक्त लगानी गर्न लागिएको साउदी विदेश मन्त्रालयले ट्विटरमा उल्लेख गरेको छ ।

यससम्बन्धी जानकारी बिहीबार नै पाकिस्तानका विदेशमन्त्रीलाई दिइएको बताइएको छ ।