काठमाडौं, १० भदौ । स्पीन अलराउण्डर वसिर अहमदले टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् । केन्या विरुद्धको दोस्रो खेलमा पहिलो रोजाईँमा पर्दै वसिरले डेब्यु गरेका हुन् ।

पहिलो खेल खेलेको नेपाली टिममा एक परिवर्तन हुँदा वसिरले विवेक यादवको स्थान लिएका हुन् ।

वसिरले असार अन्तिम साता स्कटल्याण्डमा भएको क्रिकेट विश्वकप लिग टु शृंखला अन्तर्गत नामिबिया विरुद्ध खेल्दै एकदिवशीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

नेपालका लागि टी–२० आई खेल्ने वसिर ४२औं खेलाडी हुन् । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । नेपालले केन्या भ्रमणमा पाच टी–२० आई र तीन एकदिवशीय खेल्नेछ ।