जोकोभिचले युएस ओपन टेनिस प्रतियोगिता गुमाउने

एजेन्सी, १० भदौ । विश्व नम्बर एक सर्बियन स्टार नोभाक जोकोभिचले युएस ओपन टेनिस प्रतियोगिता गुमाउने भएका छन् ।
जोकोभिचले ट्टिरबाट आफूले वर्षको अन्तिम ग्राण्डस्लाम प्रतियोगिता युएस ओपनका लागि न्युयोर्क भ्रमण गर्न नसक्ने बताएका हुन् ।
युएस ओपन आगामी सोमबारबाट न्युयोर्कमा सुरु हुँदैछ । तर, जोकोभिचले कोरोनाको खोप नलगाएको कारण अमेरिका आउन अनुमति पाएका छैनन् ।
अमेरिकाले कोरोनाको खोप नलगाएका व्यक्तिलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ । खोप नलगाएकै कारण उनले अस्ट्रेलियन ओपन समेत गुमाएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


