काठमाडौं, १० भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ३२४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६७३ जनाको पीसीआर परीक्षण गर्दा १६३ र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १६१ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ४१८ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४६ हजार ८९२ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९९९ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ रहेको छ । जसमध्ये ३ हजार ७६६ जना होम आइसोलेसनमा छन् भने १७७ जना संस्थागत आइसोलेसन र ५० जना आईसीयूमा छन् ।

यस्तै १ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।