काठमाडौं, १० भदौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ अस्वस्थ भएका छन् ।

उनलाई रिंगटा लाग्ने, वान्ता हुनेजस्ता लक्षण देखिएपछि शुक्रबार वीर अस्पतालमा भर्ना गरिएको छ ।

भिआइपी कक्षमा राखेर उनको उपचार भइरहेको छ । उनी बिहीबार गृहजिल्ला तेह्रथुमसहित पूर्वका जिल्लामा भ्रमणमा पुगेर फर्किएका थिए ।