‘स्ड्याण्ड अप कमेडी टुर कलेज तिर’ ११ भदौबाट

काठमाडौं, ९ भदौ । ११ भदौबाट अल नेपाल ‘स्ड्याण्ड अप कमेडी टुर कलेज तिर’ आयोजना हुने भएको छ । डिजिटल वालेट खल्तीको मुख्य प्रायोजन तथा मिम नेपालको आयोजना रहेको टुर बिर्तामोडबाट सुरु हुँदैछ ।
बिर्तामोडपछि विराटनगर, भरतपुर, हेटौंडा, पोखरा, बुटवल हुँदै काठमाडौंका विभिन्न कलेजहरुमा ‘स्ड्याण्ड अप कमेडी टुर कलेज तिर’ टुर आयोजना हुने कार्यक्रम संयोजक सरोज लम्सालले जानकारी दिए ।
टुरमा कमेडी च्याम्पियन विजेता हिमेस पन्त, झापाली कमेडियन भनेर चर्चित सरोज भन्डारी, डोरेस खतिवडा, सुजन जिम्बा लगायतका कमेडियनहरुको सहभागिता रहनेछ । पहिलोपटक यसरी आयोजना हुन लागेको टुरमा दर्शकको उत्साहजनक सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ ।
दर्शकले ४ फरक कमेडी गर्ने कमेडियनका प्रस्तुति टुरमा हेर्न पाउनेछन् । कमेडी च्याम्पियन जिते पछि आफ्नो पहिलो टुर भएको हुनाले आफू पनि निकै उत्साही भएको हिमेस पन्तले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


