पेटमै शिशुको मृत्यु भएपछि स्वास्थ्यकर्मीको ज्यान गयो

धनगढी, ९ भदौ । सुदूरपश्चिममा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । डोटीको आदर्श गाउँपालिका–६ गिरीचौकाकी ३२ वर्षीया जानकी बोहरा खडायतको मृत्यु भएको हो ।
जिल्ला अस्पताल डोटीमा मृत शिशुलाई जन्मदिएको केही समयपछि जानकीको मृत्यु भएको जिल्ला अस्पताल डोटीले जानकारी दिएको छ ।
जानकी २०७० सालदेखि घर नजिकैको गिरिचौका स्वास्थ्य चौकीमा अनमीका रुममा कार्यरत थिइन् ।
जिल्ला अस्पताल डोटीका अनुसार गभीवर्ती जानकीलाई स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा गाउँपालिकाकै स्थानीय स्वास्थ्य संस्था र पछि हुँदै जिल्ला अस्पताल ल्याइएको थियो । जिल्ला अस्पताल पुगेको केहीसमयमै बुधबार साँझ जानकीले मृत अवस्थाको शिशु जन्माइन ।
अत्याधिक रक्तश्राव भएर डेढ घण्टापछि जानकीको पनि मृत्यु भएको अस्पतालका एक चिकित्सकले जानकारी दिए ।
जानकीको पेटमा भएको बच्चा २–३ दिन अगाडि नै मरिसकेको उपचारमा संलग्न चिकित्सकको अनुमान छ । जानकीको ९ वर्षका छोरा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


