काठमाडौं, ९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ४४४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९९६ जनाको पीसीआर परीक्षण गर्दा २११ र २ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाबाट संक्रमणबाट पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने ३०७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९९८ पुगेको छ ।

हाल देशभर ४ हजार १९९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।