म्यानचेस्टर सिटी र चेल्सी काराबाओ कपको तेस्रो चरणमै भिड्ने

एजेन्सी, ९ भदौ । म्यानचेस्टर सिटी र चेल्सी काराबाओ कपको तेस्रो चरणमै भिड्ने भएका छन् ।
प्रिमियर लिग विजेता सिटीले गत सिजनको उपविजेता चेल्सीसँग तेस्रो चरणको खेलमा घरेलु मैदान इतिहाद स्टेडियममा खेल्नेछ ।
नटिङघम फरेस्टले टोटेनहम र म्यानचेस्टर युनाइटेले एस्टन भिल्लासँग खेल्नेछ । साविक विजेता लिभरपुलले घरेलु मैदानमा दोस्रो डिभिजन (लिग वान) क्लब डर्बी काउन्टीको सामना गर्नेछ ।
त्यस्तै, न्युपोर्ट काउन्टीले लेस्टर सिटी तथा गिलिङघमले ब्रेन्टफोर्डको सामना गर्नेछन् । आर्सनलले ब्राइटन, उल्भ्सले लिड्स, न्यूक्यासलले क्रिस्टल प्यालेस तथा बर्नमाउथले एभर्टनसँग खेल्नेछ ।
तेस्रो चरणका खेल नोभेम्बर ८ देखि १० सम्म हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


