युक्रेनी रेल्वे स्टेशनमा रुसी आक्रमण, १५ जनाको मृत्यु

एजेन्सी, ९ भदौ । युक्रेनी रेल्वे स्टेशनमा रुसी आक्रमणमा १५ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएका छन् ।
‘मैले भर्खरै मध्य दिनिप्रोपेटत्रोभ्स्क क्षेत्रको रेल्वे स्टेशनमा रूसी मिसाइल आक्रमणको बारेमा जानकारी प्राप्त गरेको छु । कम्तीमा १५ जनाको मृत्यु भएको ५० जना घाइते भएका छन’, राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषदमा एक भाषणमा भने ।
राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशले मस्कोसँगको युद्धको ६ महिना पूरा गरेको बताएका छन् । विस्फोटपछि चार ओटा यात्रु कारमा आगो लागेको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


