एजेन्सी, ८ भदौ । ‘जली एलएलबी’ र ‘जल एलएलबी २’ सफलतापछि निर्माताहरुले चलचित्रको तेस्रो संस्करण बनाउने तयारी गरेका छन् ।

मिडिया रिपोर्टअनुसार चलचित्रको तेस्रो संस्करणमा पहिलो संस्करणका ‘जली’ अरशद वारसी र दोस्रो संस्करणका ‘जली’ अक्षय कुमारलाई साथमा लिने तयारी भइरहेको छ । यसको साथै दुवै संस्करणमा न्यायाधीशको भूमिकामा देखिएका सौरभ शुक्लालाई पनि चलचित्रमा समावेश गरिने बताइएको छ ।

स्रोतलाई उद्धृत गर्दै भनिएको छ, ‘सुभाष कपुर, अक्षय कुमार र अरशद वारसी लामो समयदेखि जली एलएलबी ३ मा काम गरिरहेका छन् । दुवै जलीलाई ल्याउने गरी चलचित्रको कथावस्तु तयार गरिँदैछ ।’

हाल चलचित्रको स्क्रिप्टलाई अन्तिम रूप दिने काम भइरहेको र सन् २०२३ सम्ममा चलचित्रलाई रिलिज गर्ने तयारी भइरहेको छ । अक्षय र अरशदले यसअघि जानी दुश्मनः एक अनोखी कहानी र बच्चन पाण्डेमा सँगै काम गरिसकेका छन् ।