उपकुलपतिको कुर्सीमा जुत्ताको माला

काठमाडौं, ८ भदौ । परीक्षामा प्रश्नपत्र दोहोरिएको विषयमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय नेविसंघ इकाइले उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइदिएको छ ।
छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न नेविसंघ त्रिवि इकाइले गरेको माग धेरै समयसम्म सुनुवाइ नभएको र उपकुलपति पनि नभेटिएपछि उनको कुर्सीमा जुत्ताको माला लगाएको बताइएको छ ।
एक विद्यार्थी नेताले भने, ‘हामीले भेट्न आउँदा उपकुलपतिलाई भेटेनौँ । त्यसैले हामीले लगाएको जुत्ता फुकालेर उपकुलपतिको कुर्सीमा लगाइदिएका छौँ ।’
त्रिविको परीक्षामा हुबहु सोधिएको प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको थियो । प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न नेविसंघले माग गर्दै आएको छ ।
मानविकी संकायले १८ जेठमा स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र २३ जेठमा स्नातकोत्तर तहको राजनीति शास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । ६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ प्रश्न अघिल्ला दुई बर्षको हुबहु मिलेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


